Subscribe Twitter FaceBook

Pages

Thursday, 3 March 2016

गगन थापाले सिटौलालाई सभापतिमा स्वीकार्नुका सात कारण – यस्ता रहेछन

Advertisements:



काठमाडौं : नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि कृष्णप्रसाद सिटौलाको नेतृत्वमा महामन्त्री गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी कोषाध्यक्ष रहेको प्यानल घोषणा भएको छ। यस अघि नै सिटौला नेतृत्वमा प्यानल बन्ने हल्ला चलेको थियो। सबैले यो प्यालनलाई सिटौला प्यानल भनेर चिने पनि महामन्त्रीका प्रत्यासी गगन थापाले दावी गरे – यो प्यानले गगन थापाको हो, सिटौला उनको मुद्धामा सहमत भएर नेतृत्व दिन मात्र आएका हुन्। गगनका अनुसार सिटौलालाई स्वीकार्नुपर्ने सात कारण –


१ सिटौला युवा नेतृतव विकासका लागि तयार हुनु
गगनका अनुसार सिटौलालाई उनले नेतृत्व स्वीकार गर्नुको कारण युवा नेतृत्व विकासका लागि तयार हुनु हो । ‘मैले सुशील कोइराला हुँदै भनेको थिएँ, यतिन्जेलसम्म कांग्रेसलाई यहाँसम्म पुर्‍याउने हाम्रो पुस्तालाई अब पार्टीको बागडोर सुम्पनु पर्छ,’ थापाले भने, ‘श्रद्धेय सुशील कोइराला आज हामीमाझ हुनुहुन्न तर हाम्रा महामन्त्री तथा संविधान निर्माणमा नेतृत्वलाई सहयोग गरेका नेता आज हाम्रो मुद्धामा आउनु भएको छ’
२ सिटौलाले रगतको लिगेसी छोडेर विचारको लिगेसीका लागि तयार हुनु
नेपाली कांग्रेस वीपीको स्थापना गरेको र उनकै विचारका कारण संगठित भएको पार्टी भन्दै त्यसको विचार बोकेकेको जुझारु युवा आफू भएको बताए। ‘कांग्रेस उहाँको लिगेसीमा हुर्किएको र त्यसमै फैलन चाहेको पार्टी हो,’ गगनले भने, ‘लिगेसी परिवारका अधारमा हैन विचारका आधारमा मात्र फैलन सक्छ म त्यसलाई विचारका आधारमा फैलाउन चाहन्छु।’ उनले सिटौलाले त्यसलाइ स्वीकार गर्नु अर्को कारण भएको बताए।
३ नेतृत्व पुस्तान्तरणलाई स्वीकार गर्नु
उनले सिटौलालाई स्वीकार गर्नुको अर्को कारण सिटौला पुस्तान्तरणका लागि तयार हुनु भएको बताए। ‘म अहिले ३९ वर्षको भएँ आज देशमा बहुमत जनसंख्या ४० वर्ष मुनिको पुस्ताको छ,’ उनले भने, ‘त्यो पुस्ताले आफ्नै तहको नेतृत्व खोजेको छ।’ थापाले देशमा बहुमत रहेको उर्जाशील पुस्तालाई अपमानित गरे वा योग्य छैन भने त्यो सारा नेपालकै अपमान हुने पनि बताए। उनले सिटौलाले त्यसको जवाफ जनतालाई दिन तयार भएकै कारण उनको नेतृत्व स्वीकार गरेको बताए।
४ संविधानको भावना बुझेको नेतृत्व आवस्यक हुनु
गगन थापाका अनुसार अहिले संविधानको कार्यान्वयन गर्ने चरण भएकाले त्यसका लागि संविधान बुझेको नेतृत्व आवस्यक हुन्छ। ‘सिटौला संविधान निर्माणमा सक्रियतापूर्वक भाग लिएका र संविधान जारी गर्न नेतृत्वलाई इमान्दारीपूर्वक सहयोग गरेका नेता हुनुहुन्छ,’ उनले भने, ‘अहिले संविधानको कार्यान्वयन गर्दै तराई पहाड हिमाल र मेची-महाकाली जोड्नका लागि, संविधानको कार्यान्वयनका लागि संविधानको भावना बुझेको नेतृत्व आवस्यक छ।’ उनले कांग्रेसले नै देशको नेतृत्व गर्ने भन्दै अरुले नेतृत्व गरेर देशलाई सहि दिशामा लैजान नसक्ने दावी गरे।
५ गिरिजाप्रसाद र सुशील कोइरालाले थालेका कामको सहयोगी हुनु
कांग्रेसले गणतन्त्रको नेतृत्व गरेको भन्दै त्यो काममा कृष्णप्रसाद सिटौलाले इमान्दार साथ दिएको बताए। उनले त्यसकै आधारमा नेपाली कांग्रेसलाई नेतृत्व दिन सिटौला योग्य भएको पनि बताए। ‘नेपाली कांग्रेसलाई पुराना पुस्ताले थालेका कामलाई पुर्णता दिँदै नयाँ पुस्तालाई साथमा लिएर हिड्ने नेतृत्व आवस्यक छ,’ उनले भने, ‘त्यसका लागि हाम्रो नेता सिटौला तयार भएर आउनुभएको छ।’
६ गणतन्त्रको हिस्सेदार बन्न तयार हुनु
उनले कुनैबेला दरवार अगाडि गणतन्त्रको नारा लगाउँदै गर्दा आफूलाई राजावादीको आरोप लाग्ने गरेको स्मरण गर्दै संविधानले संस्थागत गरेको गणतन्त्रलाई प्रभावकारी बनाउनु अहिले आवस्यकता भएको बताए। त्यसका लागि कृष्ण सिटौला पनि गणतन्त्रको हिस्सेदार भएकाले उनको नेतृत्वमा गणतन्त्रको प्रभावकारी कार्यान्वयन हुने बताए।
७ देशलाई अति कम विकसित मुलुकबाट माथि उठाउन
उनका अनुसार संविधान कार्यान्वयन भएन भने फेरि पनि देशमा द्वन्द्व जाने भन्दै त्यसो भएमा फेरि पनि अर्को पुस्ताले आन्दोलन गर्नुपर्ने बताए। त्यका लागि सिटौला संविधानको भावना सहित संविधानको कार्यान्वन गर्न सक्ने भएकाले उनी नेतृत्का लागि उपयुक्त रहेको गगनले बताए। –
- See more at: http://www.lightnepal.com/3739#sthash.BkUNjAdV.OO267ex8.dpuf
Advertisements:

0 comments:

Post a Comment

Recent Posts